काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
सोमबार प्रति तोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कारोबार भएको थियो ।