images

देशभर वर्षा ः ‘बाढी–पहिरोको जोखिमबाट बच्न सतर्कताअपनाउनू’

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेकोजानकारी दिँदै महाशाखाले अहिले देशभर साधरणतया बदली रहेको जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानमाहल्कादेखि मध्यम वर्षा भइरहेको छ । आजदिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशकाएकदुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना छ । आज रातिदेशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशकाथोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा देशभरका केही स्थानमा ठूलो वर्षाका साथै बागमती, गण्डकी र लुम्बिनीप्रदेश एकदुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथाभूक्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नआवश्यक सतर्कताअपनाउनमहाशाखाले सबैमा अनुरोध छ ।

मङ्गलबार २२ साउन २०८१ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया