images

वाणिज्य बैंकहरुले नाफा १३ दशमलव ४० प्रतिशतले बढी

काठमाडौं । वाणिज्य बैंकहरुले १३ दशमलव ४० प्रतिशत बढी नाफाकमाएका छन् । अघिल्लो आर्थिक वर्षको नाफाको तुलनामायसबर्ष बृद्धि भएको हो । वाणिज्य बैंकहरुले गतआर्थिक वर्ष २०८०÷८१ मा ६४ अर्ब १५ करोड १० लाख रुपैयाँखुदमनुाफाकमाउँदा ०७९÷८०मा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँनाफाकमाएकाथिए । बैंकहरुले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीयअवस्थाअनुसार २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकको वितरणयोग्यनाफा बढेको छ भने ९ वटाको घटेको छ । असार मसान्तसम्मको वित्तीयअवस्थाअनुसार चार वटा बैंक लाभांशदिननसक्ने अवस्थामा छन् । यीबैंकको वितरणयोग्यनाफा ऋणात्मक छ । कर्जा असुलीमाभने केही समस्या देखिएको छ । २० वटामध्ये १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । ०८०÷०८१ को अपरिष्कृत वित्तीयविवरणअनुसार अधिकांश बैंकहरुको निष्क्रियकर्जा बढेको छ । प्रभु बैंक, नबिल बैंक, नेपालइन्भेष्टमेन्ट मेगा बैंक, प्राइमकमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र नेपालएसबीआई बैंकको खुदमुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । एनएमबीबैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ«े बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र राष्ट्रिय वाणिज्य बैंंकको नाफा घटेको छ । सबैभन्दा बढी वितरणयोग्यनाफाहुने बैंक नबिलहो । उक्तबैंककाृ वितरणयोग्यनाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ । जुन अघिल्लो आवको सोहीअवधिको तुलनामा २१.०३ प्रतिशतले बढी हो । धेरै वितरणयोग्यनाफाहुने दोस्रो बैंक एभरेष्ट हो । बैंकको वितरणयोग्यनाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ । वित्तीयविवरणअनुसार कुमारी, हिमालयन, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, नेपालएसबीआई र एभरेष्ट बैंकले मात्रनिष्क्रियकर्जा घटाएका छन् ।  ३ देखि ४ प्रतिशतको बीचमानिष्क्रियकर्जा रहेका बैंकको संख्या७ छ भने २ देखि ३ प्रतिशतको बीचमा रहेका बैंकको संख्या ३ छ ।
 

मङ्गलबार २२ साउन २०८१ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया