images

दोलखा समाज जापानको अक्षयकोष निर्माणका लागि एफजे पे जापानबाट १ लाख येन सहयोग

टोकियो । दोलखा समाज जापानले स्थापना गर्न लागेको १ करोडको अक्षयकोष निर्माणका लागि एफजे पे जापानको फरेक्स कम्पनी लिमिटेड जापानले १ लाख जापानी येन सहयोग प्रदान गरेको छ।

समाजका अध्यक्ष सञ्जिव पोखरेलले उक्त सहयोग रकम लिदैं समाजको १ करोडको अक्षयकोष स्थापनामा महत्वपूर्ण टेवा पुर्‍याउने बताउनु भयो । दोलखा समाज जापानले एफजे पे जापान र यस अभियानमा साथ दिने सबैलाई हार्दिक कृतज्ञता प्रकट गरेको छ। अध्यक्ष पोखरेलका अनुसार, “हामी विदेशमा भए पनि हाम्रो सामाजिक भावना र समर्पणलाई जीवित राख्न चाहन्छौं । अक्षय कोष स्थापनाले दीर्घकालीन रुपमा आवश्यक परेको बेला सघाउने हाम्रो सपना साकार हुँदैछ।” उक्त अभियानमा सबैले हातोमालो गरि अघि बड्न समेत अनुरोध गरे । 

दोलखा समाज जापानले नेपाल र जापानमा रहेका दोलखाली समुदायलाई एकजुट बनाउँदै सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। हाल समाजले दीर्घकालीन सामाजिक लाभका लागि १ करोड अक्षयकोष निर्माण अभियान अगाडि बढाइरहेको छ।

लामो समयदेखि नेपाल लगायतका मुलुकहरुमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टोकियोस्थित फरेक्स जापानले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘७७  रंग एफजे पे संग ’ नामक विशेष समाजसेवा मूलक क्यान्पेन सार्वजनिक गरेको छ। यस कार्यक्रम मार्फत जापानमा बसोबास गर्ने नेपालीहरूमाझ एकताको भावना जगाउँदै, विशेष गरी विपन्न र अभावग्रस्त नेपालीहरूलाई सहयोग गर्ने उद्देश्य राखिएको छ। कम्पनीद्वारा जारी प्रेस नोटमा उल्लेख गरिए अनुसार यस क्यान्पेनमा ७७ जिल्लालाई समेटेर ७७ लाख येन खर्च गरिनेछ। यसका लागि जापानमा रहेका नेपाली संघसंस्थाहरुसंग सहकार्य गरिने बताएको छ।

शनिबार २१ भदौ २०८२ ०३:०० PM मा प्रकाशित

प्रतिक्रिया