images

हेटौँडा–काठमाडौं जोड्ने सडक आजदिउँसोबाट सञ्चालनमाआउने 

हेटौँडा। गत ११ र १२ असोजको अविरल वर्षापछिआएको बाढीपहिरोले विभिन्न स्थानमाक्षति पु¥याएपछिअवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आजदिउँसोबाट सञ्चालनमाआउने भएको छ।
यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनिडाइभर्सन निर्माण र महालक्ष्मीखोलाले भत्काएको बाटो मर्मत भएपछिआजबाट सवारीसाधन सञ्चालनहुने भएको हो। यातायातपूर्वाधार निर्देशनालयबागमतीप्रदेशकानिर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडकखण्डमाभएकाअवरोध पन्छाउने क्रमअन्तिम चरणमा रहेकाले आजबाट  सडक सञ्चालनआउने बताए। उनले भने, ‘फाखेल सडक खण्डआजदिउँसो १ बजेबाट सञ्चालन गर्ने विषयमाछलफलभएको छ। हामीले तत्कालयातायात सञ्चालनकालागिआवश्यकपूर्वाधारहरू तयार पारेका छौँ । अब कुनै ठुलो समस्यानआएआजदिउँसोबाट सवारीसाधननिर्वाध सञ्चालन गर्न सकिन्छ।’ निर्देशक पोखरेलले कुलेखानी ड्याममुनिको पुलको पहुँचमार्ग भत्किएकोभन्दा केहीतलबाटडाइभर्सन निर्माण गरेको जानकारी दिए। उनले शनिबार रातिसम्ममाडाइभर्सनको कामपूर्ण रूपमा सकिने बताए।  यस्तै, माहालक्ष्मीखोलाले बगाएको सडकको सबै ठाउँमाआवश्यकताअनुसार मर्मत र अप्ठ्यारो ठाउँहरूमाडाइभर्सन बनाएर बाटो क्लियर गरेको उनको भनाइ छ। निर्देशक पोखरेलकाअनुसार फाखेल सडक भएर आज केहीमोटसाइकल सञ्चालनमाआएकाछन् भने उक्त सडकखण्डमा फसेका सवारीसाधानसमेत गन्तव्यतर्फ लागेका छन्। यता, कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनकालागिभने सोमबारसम्मै कुर्नुपर्ने उनको भनाइ छ। उक्त सडकखण्डमाबाढीले सडक बगाएकाठाउँमातत्कालबाटो निर्माण गर्न नसकिने भएपछिखोलाको बाटो भएर सवारीसाधन सञ्चालनको व्यवस्थामिलाउने कामभइरहेको पोखरेलले जानकारी दिए। कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक खण्डमाभइरहेको काम र यातायात सञ्चालनको पूर्वतयारीकाविषयमाबुझ्नशनिबार बागमतीप्रदेशकाभौतिकपूर्वाधार विकासमन्त्रीअमनमास्के, मकवानपुरका प्रमुखजिल्लाअधिकारी तीर्थप्रसाद चिलुवाल, मकवानपुरका प्रहरी प्रमुखप्रहरी उपरीक्षकविश्वराजखड्कालगायतको टोली निरीक्षणको लागिफाखेल महालक्ष्मीपुगेको थियो।
 

आइतबार​ २० असोज २०८१ ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया