images

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारको लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा कायमभएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ०४ पैसानिर्धारण गरिएको छ । त्यसैगरी, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३५ रुपैयाँ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा कायमभएको राष्ट्र बैंकले जनाएको छ । 
 

बुधबार २१ कात्तिक २०८१ ०८:५२ AM मा प्रकाशित

प्रतिक्रिया