images

कानूनब्यबसायीले रबि लामिछानेलाई हाजिरी जमानीमाछाड्न इजलाशसमक्षअघि सारे यस्ता चार तथ्य

पोखरा । रबि लामिछाने पक्षधर कानूनब्यबसायीहरुले जिल्लाअदालतकास्कीको सोमबारको इजलाशमा रबि लामिछानेलाई अदालतले चाहेको बेलाउपस्थितहुने गरी हाजिरी जमानीमाछाड्न माग गरेका छन्। जिल्लान्यायाधिशनितिज राईको इजलाशमा रविलामीछानेकापक्षबाटवकालत गरेका पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठअधिवक्ता रमणश्रेष्ठ, सुशीलकुमार पन्त र सुरेन्द्र थापाले लामिछानेलाई हाजिरी जमानीमाछाड्नुपर्ने चार वटातथ्यहरु अघि सारे। पुर्पक्षमा रहने जेलमापठाउने वा धरौटीमाछाड्ने कुरा गर्ने नमिल्ने तर्क राख्दै उनीहरुले रबि लामिछानेलाई अदालतले चाहेको बेलाउपस्थितहुने गरी हाजिरी जमानीमाछाड्न माग गरे। बहसकाक्रममाउनीहरूले प्रधानमन्त्री केपीशर्मा ओली, पूर्वप्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डदेखि अहिलेका प्रहरी प्रमुखवसन्तकुँवरसम्मले रविलामिछाने निर्दोष छन् भनेर बोलेको भिडियो न्यायाधीशनीतिज राईको इजलासमा पेश गर्दै सरकार फरक पर्नासाथएउटै व्यक्ति कसरी दोषीहुन्छभन्दै प्रश्न गरे । उक्तभिडियो देखाउदै बरिष्ठअधिवक्ता रमणश्रेष्ठले महान्यायाधिवक्ताको कार्यालयले क्लिनचिटदिएको र प्रहरी प्रमुखकुँवरले रविमाथिकतै पनिउजुरी नपरेको, उनको संलग्नतापुष्टिभएको जिकिर गरे। रबि लामिछानेलाई पक्राउ गर्नु नै गैरकानुनी, गैरन्यायिकभएको अधिबक्ता सुरेन्द्र थापाको तर्क थियो । मूलमुद्दासँगै थप र पुरक अभियोजन लगाउनु नै गैरकानुनीभएको उनले बताए । थापाले अदालतमातर्क गरेका छन्, ‘पुरक अभियोग लगाउनउच्च सरकारी वकिलको कार्यालयले आदेश दिनुपर्छ । सिधै जिल्लाले लगाउनपाउँदैन । मूलअभियोगलगाइसकेपछि ५ गते थप र ७गते पुरक अभियोग लगाइएको छ र ७गतेकोमा मात्र रविलाई मुद्दाचलाइएको छ । उच्च सरकारी वकिलको कार्यालयको आदेश नै छैन । यो गैरकानुनीभो ।’ रविलाई सम्पत्तिशुद्धीकरणमुद्दापनिलगाउननमिल्ने श्रेष्ठको तर्क छ । सम्पत्तिशुद्धीकरणको मुद्दाचलाउन अपराध गरेर ल्याएको पैसा जानीजानील्याएर शुद्धीकरण गरेको हुनुपर्ने श्रेष्ठको भनाइथियो । अर्का वरिष्ठअधिवक्ता सुरेन्द्र थापामगरले सहकारीको पैसा गएको प्रत्यक्ष देखिएको गोर्खा मिडियालाई विपक्षीनबनाई व्यक्तिको पछाडिलाग्नुले राज्यको नियतछर्लङ्ग देखिएको जिकिर गरे । ‘सूर्यदर्शन सहकारीको पैसा गोर्खा मिडियामागएको अध्ययन, अनुसन्धानले देखाएको छ भने गोर्खा मिडियालाई विपक्षीबनाइनुपथ्र्यो तर बनाइएन,’अदालतमा पेश गरेको जिकिरबारे अधिवक्ताथापाले भने, ‘गोर्खा मिडिया, नेचर हब्र्सजस्ताकम्पनीलाई विपक्षीनबनाइनु र एउटाव्यक्ति रविलाई विपक्षीबनाउनुकापछाडि राज्यको नियतप्रष्टै देखियो भन्ने मेरो तर्क हो ।’ महानगरले गरेको अध्ययनप्रतिवेदन र प्रहरी अनुसन्धानप्रतिवेदनतथा सरकारी वकिलको कायालयले दायर गरेको अभियोजन पत्रबीचमा मेल नखाएको थापाको भनाइथियो । जाहेरीकाअनुसार हदम्याद सकिइसकेको मुद्दामा गैरकानुनीहिसाबले रविलाई समाएर अभियोजन गरिएको समेत थापाले तर्क पेश गरे । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमान्यायाधीशनीतिजको इजलासमाअहिलेसम्म रविलामिछानेसहित सातै जनाको बयान सकेर दुईजनाको थुनछेक बहस भइसकेको छ । पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाकापूर्व उपाध्यक्षछविलाल जोशी र जीबी राईसँग मिलेर सहकारीको रकमअपचलनको अभियोग लागेकीलिलापछाईको पक्षबाट बहस भइसकेको छ । रविलामिछानेकोको पक्षबाटमंगलबार पनि बहस हुने छ । करिब २५ जनाले बहस गर्न नामटिपाएकाछन् । सूर्यदर्शन सहकारी ठगीप्रकरणमापक्राउ परेका पूर्वसांसद तथा संस्थापकउपाध्यक्षमीना गुरुङ, उनकाबाबु तथापूर्वसञ्चालक सदस्य कृष्णबहादुर गुरुङ, पूर्वकोषाध्यक्षआरती गुरुङ, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनालको थुनछेक बहस बाँकी छ ।
 

मङ्गलबार २३ पुस २०८१ ०८:०० AM मा प्रकाशित

प्रतिक्रिया