डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो

काठमाडौँ - पछिल्लो समय डिजिटल अनलाइन वित्तीय कारोबार तीव्र गतिमा बढिरहेको छ । भुक्तानीका सधान मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसँगै विविध भुक्तानीका साधनहरू वालेट, कनेक्ट आइपीएस, डेबिट, क्रेडिट कार्डको प्रयोग बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पुसमसान्तसम्ममा मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या २ करोड क्रस भएको छ । यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १७ लाख ६८ हजार पुगेको छ भने डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २२ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ७६ हजार पुगेको बैंकले जनाएको छ ।

यस्तै विविध वालेट प्रयोगकर्ताहरुको संख्या १ करोड ५९ लाख ६२ हजार पुग्दा भुक्तानीको साधन कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको संख्या ९ लाख ९४ हजारमाथि रहेको बैंकले जनाएको छ ।