images

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक पनि शुक्रबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे शुरु हुनेछ । राष्ट्रिय सभाको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९–८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ  कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०’  दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
 

शुक्रबार​ २३ फागुन २०८१ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया