च्याम्पियन यू-१६ खेलाडीले जनही ५० हजार पाउने

 काठमाण्डौँ - एसिसी यू-१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा खेलाडीले जनही ५० हजार पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले यू-१६ च्याम्पियन टिम र अफिसियल टोलीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच स्वागत गर्दै उक्त पुरस्कार घोषणा गरेको हो ।

यसअघि नेपालले थाईल्यान्डमा सम्पन्न दुई एसिसी यू-१६ इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालले २०१७ मा रित गौतम र २०१९ मा विशाल विक्रम केसीको कप्तानीमा यू१६ को उपाधि जितेको थियो । २०१९ को फाइनलमा नेपालले मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको थियो ।

२०१७ को फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हराउँदै उपाधि जितेको थियो । एसिसीले यसअघि यू१६ को प्रतियोगिता इस्टर्न रिजनको नामबाट आयोजना गर्दै आएको थियो । तर यस पटक भने उक्त नाम परिवर्तन गर्दै इस्ट जोन कप राखेको थियो ।