images

प्रशासनको लिकेज टाल्दै लक्ष्यअनुसारको राजश्व उठाउँछुः अर्थमन्त्रीपौडेल  

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमानअवस्थामा बजेटको कार्यान्वयनकालागिआफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्तभएको बताएका छन् । मंगलबार महिलाआर्थिक पत्रकार संघ (फेजा)सँग छलफल गर्दै मन्त्रीपौडेलले  राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न रनयाँलक्ष्यहासिल गर्न कडा मेहनतको आवश्यकता रहेको उल्लेख गरे। ‘अहिले बजेटमा जुन राजश्वको लक्ष्यनिर्धारण गरिएको छ, त्यसलाई पुरा गर्न कडा मेहनतको आवश्यकता छ। यहाँ सबै प्रकारका त्रुटिहरु, कमीकमजोरीहरु छन् र त्यसलाई सच्चाउनुपर्ने छ,’अर्थमन्त्रीपौडेलले भने । विगतमा राजश्वको लक्ष्य पूरा हुननसकेको अनुभवले आगामीदिनमानयाँलक्ष्यप्राप्त गर्न थप मेहनतको आवश्यकता रहेको पौडेलको भनाइ छ । अन्तराष्ट्रिय परिस्थिति, क्षेत्रीयतथा राष्ट्रिय परिस्थितिको प्रभाव, र समग्र मागतथाउत्पादनमाआएको न्यूनताको प्रभावले रोजगार र उपभोगमा असर परिरहेको छ। आयात–निर्यात र उत्पादनमापनिकमीआएकोले यसलाई ध्यानमा राख्दै समग्र माग, रोजगारी, उत्पादन, र उत्पादकत्व बढाउन प्रभावकारी कदम उठाउनुपर्नेमा उनले जोड दिए। अर्थमन्त्रीपौडेलले विगतमा करका दरहरू हेरफेर गर्दा त्यसको प्रभाव राजश्व संकलनमा के कस्तो परेको हो भनीअध्ययन अनुसन्धान गरेर समीक्षा गर्ने योजना सुनाए। करका दरहरू परिवर्तन गर्दा परिपक्कताआवश्यक रहेको उनले बताए। ‘राजश्वप्रशासनको प्रभावकारी परिचालनगर्दै, राजश्वप्रशासनलाई अनुशासितबनाउँदै, सबै प्रकारका लिकेज र सिकेजहरुलाई टाल्दै, यो अवस्थामा गर्न सकिने अधिकतम राजश्व संकलन गर्ने योजना छ। एकतर्फ राजश्वप्रशासनलाई अनुशासितबनाउने, लक्ष्य पुरा गर्न सक्नेगरी परिचालन गर्ने, चुहावटलाई नियन्त्रण गर्ने, र अर्कोतर्फ व्यावसायीहरुलाई उत्पादन गरि मुनाफाबाट कर तिरी सम्मानितनागरिक बनाउने विषयलाई समानान्तर लैजानखोजिरहेका छौँ,’ उनको भनाइ छ ।  अर्थमन्त्रीपौडेलको योजनाले राजश्व संकलनलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई स्थिर राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । उनले पुजीँबजारलार्य वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकार पुजीँबजारको विकासको सन्दर्भमा पारदर्शि, परिपक्क ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 

बुधबार २३ साउन २०८१ १०:२१ AM मा प्रकाशित

प्रतिक्रिया