images

आजयीप्रदेशमाहुनेछ अतिमुसलधारे वर्षा

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको उत्तरतर्फ अवस्थितरहेका कारण देशभर साधारणतया बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले देशभर साधरणतया बदली रहेको छ। बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केही स्थानमाहल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आजदिउँसो देशभर साधरणतया बदली रहने छ। मुलुककाअधिकांशप्रधेशका धेरै स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानमा ठूलो वर्षा तथालुम्बिनी र सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमाअति ठूलो वर्षाको सम्भावना रहेको छ। आज रातिपनिदेशभर साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशका केही स्थानतथाबाँकीप्रदेशकाथोरै स्थानमा चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनीप्रदेशकाएकदुई स्थानमाभारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा बागमती, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथाभूक्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नआवश्यक सतर्कताअपनाउनमहाशाखाले सबैमा अनुरोध गरेको छ ।
 

बुधबार २३ साउन २०८१ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया