images

बुधबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागिविदेशीमुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्ड र यूरोको विदेशीविनिमय दर घटेको छ ।
आजअमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ १९ पैसा र बिक्री दर १४६ रुपैयाँ ८५ पैसा रहेको छ। यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ २४ पैसा र बिक्री दर १७१ रुपैयाँशून्य पैसा पुगेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

बुधबार २३ साउन २०८१ १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया