images

मौसमपूर्वानुमान ः केही स्थानमाभारी वर्षाको सम्भावना

काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभावकायमै छ । जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमानमहाशाखाकाअनुसार मनसुनको न्यूनचापीय रेखापश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हालदेशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती, गण्डकी र कर्णालीप्रदेशकाथोरै स्थानमाहल्का वर्षा भइरहेको छ । आजदिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केही स्थानमातथाबाँकीप्रदेशकाथोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ । आज रातिदेशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णालीप्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागकाथोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  बागमती र कर्णालीप्रदेशको एक–दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ । विभागले आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको जनाएको छ । साथै ती क्षेत्रमाहुन सक्ने गेग्रानबहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नतथा यसबाट ती क्षेत्रमा दैनिकजनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथाहवाई यातायातमाआंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कताअपनाउनु हुन अनुरोध गरेको छ ।
 

शनिबार २२ भदौ २०८१ १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया