ओसाका, जापान । श्री गणेश खुकुरी एफसीको आयोजना गरेको नवौं श्री गणेश खुकुरी कप बेनी एफसीले बाजी मारेको छ । फुकुओकामा निरन्तर आयोजना हुदै आईरहेको श्री गणेश खुकुरी कप फुटसल प्रतियोगीता यस पटकको उपाधी बेनी एफसीले हात पारेको हो । आयोजना गर्दै आएको गर्दै आइरहेको श्री गणेश खुकुरी एफसीको आयोजनामा सम्पन्न नवौं श्री गणेश खुकुरी कप २०२५को उपाधी बेनी एफसीले हात पारेको छ ।
इभी एफसिलाई प्रतिस्प्रधात्मक खेलको पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि हात पारेको हो । २०२५ सेप्टेम्बर ६ तारीक आईतबार फुकुओकामा सम्पन्न भएको उक्त प्रतियोगीतामा विजेता बेनी एफसीले पाँचलाख एघार हजार एक सय एक येन र उपविजेताले २ लाख एघार हजार १ सय एक येन सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका छन ।सेमीफाइनलमा बेनी एफसीले वाजीरो एफसीलाई र इभी एफसीले ओहासी एफसीलाई स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको थिए ।
उक्त प्रतियोगीतामा विभीन्न विधागत पुरुस्कारमा सर्वश्रेष्ठ खेलाडीमा बेनी एफसीका स्याङ्बो लामा, सर्वश्रेष्ठ गोलरक्षकमा इभी एफसीका बिष्णु केसी, सर्वश्रेष्ठ डिफेन्डरमा बेनी एफसीका अनिल मोक्तान, सर्वाधिक गोलकता इभी एफसीका सुरज गुरुङ्ग र म्यान अफ द टुर्नामेन्ट बेनी एफसीका सुरव ठोकरले प्राप्त गरेका थिए । जापानको विभीन्न स्थानका २६ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा फुकुओकाका विभीन्न संघसंस्थाका प्रतिनीधिहरु र खेल प्रेमिहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया