ओसाका, जापान । नेपाली युवाहरुमाझ चर्चित नेपाली सांगितिक ब्याण्ड जोन एण्ड दि लोकल्सले जापानको ओसाका सहित जापानका मुख्य शहरहरुमा सांगितिक कार्यक्रम पर्खि रहेछु, लाईभ कन्सर्ट मार्फत प्रस्तुति दिने भएको छ । सिरियस ग्रुप र अनन्त नेपालले आयोजना गर्न लागेको कन्सर्टमा मुख्य साझेदारको रुपमा एफजे पे बाइ फरेक्स रहेको आयोजक सदस्य अनिस घिमिरेले बताए।
जापानको टोकीयो, फुकुओका, ओसाका, गुन्माकेन ओकीनावा लगायतका विभिन्न सहरहरुमा प्रस्तुति दिने बताईएको छ । ब्यान्डका मुख्य भोकलिस्ट जोन चाम्लिङले चर्चित गितहरु हावा जस्तै, के गरौं, फर्किन्न होला, समयले लगायतका युवाहरुमा लोकप्रिय रहेका गितहरुको प्रस्तुतिदिने अनन्त नेपालका विराज राईले जानकारी दिए ।
जापानमा रहेका नेपाली समुदायलाई विशुद्ध मनोरञ्जन दिने उद्दश्यले कार्यक्रम आयोजना गरिएको र जापानमा यस अघि भएका नेपाली समुदायका कार्यक्रममा नेपालीहरु बीच झैझगडा हुने गरेको तथ्यलाई ध्यानमा राखी यस पटक भने सुरक्षा व्यवस्था निकै नै व्यवस्थीत गरिने बताईएको छ।
हाल सम्म कपल र अर्लिबर्ड टिकटहरु बिक्री भैसकेको र अब स्टाण्डप र भिआईपि टिकटहरुमात्र उपलब्ध रहेको पनि बताईएको छ । जोन एण्ड दि लोकल्स ब्याण्डका अलावा ओसाकाको नेपाली सांगितिक ब्याण्ड अनन्त नेपालको पनि जोडदार प्रस्तुति रहने बताइएको छ । कार्यक्रम सबै नेपााली मिलेर सौहार्द वातावरण सम्पन्न गर्न आयोजक समुहले अनुरोध पनि गरेको छ ।
प्रतिक्रिया