ओसाका, जापान । नेपाल मगर संघ जापान, क्षेत्रीय समिति कान्साईले शुभ–दिपावलीको अवसर पारेर आगामी अक्टोबर १९मा देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अध्यक्ष पूर्ण प्रसाद गर्बुजाका अनुसार प्रवासमा रहे पनि नेपाली संस्कृति, चाडपर्व र मौलिकतालाई जोगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको बताए।
विदेशमा रहँदा पनि हाम्रो संस्कृति, चाडपर्व तथा मौलिकतालाई जोगाउँदै नेपाली–नेपालीबीच आपसी भाईचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउन गीत–संगीत, नाचगान तथा आत्मीय भेटघाटले भरिपूर्ण ‘देउसी भैलो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
हामी जहाँ भए पनि हाम्रो संस्कृति र मौलिकता नै हाम्रो पहिचान हो। प्रवासमा रहेका नेपालीबीच आपसी एकता, सहयोग र सांस्कृतिक सम्पर्कलाई अझ मजबुत बनाउन यस किसिमका कार्यक्रममा सबैको सहभागिता महत्वपूर्ण हुन्छ। त्यसैले हामी सबैलाई देउसी भैलो कार्यक्रममा सबैलाई सहभागिताको लागि अनुरोध गरेको संघका कोषाध्यक्ष पृथ्वी श्रीस मगरले बताए ।
नेपाल मगर संघ जापान, क्षेत्रीय समिति कान्साईले यस कार्यक्रममा सम्पूर्ण नेपाली समुदायको सक्रिय सहभागिता र उपस्थितिको अपेक्षा गरेको छ।
प्रतिक्रिया