images

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी 

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार आगलागी भएको छ । खानेपानी मन्त्रालयको तेस्रो तलामा आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।  सिंहदरबार प्रहरीका अनुसार प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको छ । खानेपानी मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन । सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । 


 

शनिबार २६ माघ २०८१ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया