काठमाडौं । संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक आज बस्दैछ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक सिंहदरवारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ । यस्तै, आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु ९गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण ९कोशी कोरिडोर० लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम० को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदा माथि छलफल गरिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया