images

डिजिटल पेन्टसले दुईवटा नयाँउत्पादनबजारमा

विराटनगर ।पूर्वी नेपाललाई रङ्गमाआत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापितभएको डिजिटल पेन्टसले दुईवटा नयाँउत्पादनबजारमा ल्याएको छ। एक समारोहबीच पेन्टसले वाल गार्ड रोयल एक्सेरियर इमल्सन पेन्ट र डिजिटल ड्याम गार्ड उत्पादनबजारमा ल्याएको हो । अत्याधुनिकपोलियुरिथिन टेक्नोलोजी, सिलिकन टेक्नोलोजी, क्याकप्रुफ टेक्नोलोजी साथै वाटर प्रुफिङ समेत रहेको वाल गार्ड रोयल एक्स्टेरियर इमल्सन पेन्ट १२ वर्ष पफर्मेन्स वारेन्टी रहेको जनाइएको छ । कम्पनीकाअनुसार १ लिटरदेखि २० लिटर साइजमा मिडियम ह्वाइट, डार्क र एल्लो कलरमा उक्तउत्पादनउपलब्धहुनेछ । त्यस्तै, पेन्ट्सले सार्वजनिक गरेको अर्को उत्पादन डिजिटल ड्याम गार्डले सिपेजको समस्यातथानुनीयालगायतका समस्यालाई न्यूनीकरण गर्ने जनाइएको छ । ग्राहकहरूको मागलाई मध्यनजर गर्दै नयाँदुई उत्पादनबजारमा ल्याएको डिजिटल पेन्टसका सीईओ देवीप्रसाद गौतमले बताए । कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वालपट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथाउच्च गुणस्तरका इमल्सन पेन्ट्स लगायत ४६ भन्दा बढी उत्पादनहरू बिक्रीवितरण गर्दै आएको उनले बताए । कोशीप्रदेशका ८५ भन्दा बढी आधिकारिक डिलरहरूमार्फत ग्राहकहरूलाई सहुलियतामूल्यमा गुणस्तरीय रंगरोगनका सामानउपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ ।
 

बिहीबार २४ साउन २०८१ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया