images

बम विस्फोटबाट घाइते भएकाहरुकोउपचार सरकारले गर्ने

काठमाडौं । पाँचथरको  फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएकापवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ  । स्वास्थ्यमन्त्रीप्रदिपपौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामाउपचाररत पवन र दिप्सनको स्वास्थ्यअवस्थाबारे जानकारी लिनपुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्  । घटनामा  घाइते भएका चार जनाबालबालिकामध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीया प्रिन्सा साँवाको मृत्यु भइसकेको छ ।  उनीहरु दाजु बहिनीहुन् ।पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। फालेलुङगाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम)विष्फोट हुँदाउक्त घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।
 

आइतबार​ २३ भदौ २०८१ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया