images

३७०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज ९सोमबार०सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार २५ फागुन २०८२ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया