कुमामोतो, जापान । कुमामोतो नेपाली समाज, जापानको चौथो अधिवेशन सम्पन्न भएको छ । कुमामोतोमा सम्पन्न अधिवेशनले रोशन भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ।
कार्यसमितिका उपाध्यक्ष बद्री सापकोटा, महिला उपाध्यक्ष रूपा नेपाली, सचिव सुजन कटुवाल, सहसचिव कपिल तिमल्सिना र बिक्रम बीके, कोषाध्यक्ष सन्तोष अधिकारी, सहकोषाध्यक्ष कैलाश बुढाथोकी, र युवा संयोजक मदन गुरुङ चयन भएका छन् भने सदस्यहरूमा प्रकाश शर्मा, कृष्ण पंगेनी, गोपाल बस्नेत, गौरव सुनार, कल्पना अधिकारी, बिनीता रिमाल, पेम्बा लामा शेर्पा, सुन्दर रानाभाट, मदन पौडेल, दीपेन्द्र थापा, सरोज अधिकारी, विजय कुमार साह, प्रकाश अधिकारी, र सुदीप आचार्य रहनु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनएका आईसीसी सदस्य छत्र दाहालले नेपाली संस्कृति र परम्पराको माध्यमबाट विदेशमा नेपाल चिनाउँदै, नेपालीहरूका दुःखसुखमा सँगै रहने संस्कारले समाज छोटो अवधिमै लोकप्रिय बन्न सफल भएको बताए।
एनआरएनए क्यूसु उपसंयोजक श्रीकृष्ण पाठकले, समाजसँगको सहकार्यमा एनआरएनए क्यूसुले विगतमा पनि महत्वपूर्ण कार्यक्रमहरू गर्दै आएको स्मरण गराउँदै, नयाँ कार्यसमितिले सामाजिक सम्बन्ध र सहकार्यको नीति अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
अन्य वक्ताहरूले यो समाज नाफामुखी नभई सेवामुखी भएको उल्लेख गरे। उनीहरूले विगतका कमी–कमजोरी सुधार्दै, भविष्यमा अझ ज्ञान र अनुभवका साथ समाजलाई नयाँ ढंगले अगाडि बढन सकोस भन्नने शुभकामना व्यक्त गरे।
नयाँ कार्यसमिति चयनका लागि समाजका सल्लाहकार सुरेन्द्र डंगोलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा कुमामोतो नेपाली समाजका संस्थापक संरक्षक डा हरि देवकोटा र पूर्वअध्यक्ष पवन अधिकारी सदस्य रहेका थिए।
कुमामोतो नेपाली समाज, जापानले आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। साथै, अध्ययन र रोजगारीका लागि जापान आउने नेपालीहरूको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया