काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज सांसद रायमाझीको तर्फबाट बहस हुन लागेको हो ।
आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए। उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन् । उनीहरूको बहस सकिएसँगै बुधवारबाट अभियुक्तहरूको बहस सुरु भएको हो। अभियुक्तहरूको तर्फबाट आज थुनछेक बहसको तेस्रो दिन हो ।
हालसम्म ६ अभियुक्तको तर्फबाट बहस सकिएको छ। थुनछेक बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।