images

आज३०औँ अन्तर्राष्ट्रिय आदिवासीजनजातिदिवस मनाइँदै

काठमाडौं । ३०औँ अन्तर्राष्ट्रिय आदिवासीजनजातिदिवस आज नेपालमापनिविभिन्नकार्यक्रम गरी मनाइँदैछ । नेपालकाआदिवासीजनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहितआदिवासीजनजातिहरूको अधिकारमुखीआन्दोलनको रूपमामनाउँदै आएका छन् । दिवसकाअवसरमा आजबानेश्वरमा जनजातिआयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासीजनजातिमहासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनिआयोजना गरेको छ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासीदिवसका रूपमामनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासीदशकका रुपमा ‘कर्म र मर्यादाकालागिदशक’ नाराका साथआह्वान गरेको थियो । उक्तदिवसकालागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशकाकलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातकादुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपालआदिवासीजनजातिपत्रकार महासङ्घ ९फोनिज०ले पनि काठमाडौँमाकार्यक्रमको आयोजना गरेको छ ।
 

शुक्रबार​ २५ साउन २०८१ १०:१६ AM मा प्रकाशित

प्रतिक्रिया