images

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर र यूरोको विदेशीविनिमय दर बढ्दा र बेलायती पाउण्ड को विनिमय दर घटेको छ । कतारी रियलको खरिद दर स्थिर रहँदाबिक्री दर सामान्यअंकमा बढेको छ । आजअमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १७ पैसा र बिक्री दर १७० रुपैयाँ ९३ पैसा पुगेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

शुक्रबार​ २५ साउन २०८१ १०:२४ AM मा प्रकाशित

प्रतिक्रिया