images

मनसुनीवायुको प्रभाव ः यी चार प्रदेशमाहल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको आसपास रहेको छ । हालदेशको कोशीप्रदेश, मधेश प्रदेश र बागमतीप्रदेशमा साधारणतया देखि पूर्णतयाबदली रहेको छ भने बाँकीप्रदेशहरूमाआंशिक देखि साधारणतया बदली रहेको देखिन्छ। कोशीप्रदेश र बागमतीप्रदेशकाथोरै स्थानहरू तथा गण्डकी प्रदेश, लुम्बिनीप्रदेश र कर्णालीप्रदेश र सुदूर पश्चिमप्रदेशका एक वादुई स्थानमाहल्का देखि मध्यम वर्षा भइरहेको छ । आजदिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशीप्रदेश, गण्डकी प्रदेश  र सुदूरपश्चिमप्रदेशका  एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको छ।  त्यस्तै आज रातीदेशभर  साधारणतया बदली रहने छ। कोशीप्रदेश, बागमतीप्रदेश, गण्डकी प्रदेश, लुम्बिनीप्रदेशका धेरै स्थानहरूमातथाबाँकीप्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशीप्रदेश, बागमतीप्रदेश, गण्डकी प्रदेश एक–दुई स्थानमाभारी वर्षाको सम्भावना रहेको छ ।
 

शुक्रबार​ २५ साउन २०८१ १०:२६ AM मा प्रकाशित

प्रतिक्रिया