काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । मंगलबार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।सोमबारदेखि जेनजीको आन्दोलन चलेको थियो । उक्त आन्दोलनमा झडप बढेपछि उनीहरुले मंगलबार नेता कार्यकर्ताको नीजि निवासमै गएर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।यसपछि उनीहरु देउवा निवास बुढानिलकन्ठतर्फ अघि बढेका थिए ।
प्रतिक्रिया