टोकियो । जापानमा बसोबास गर्ने नेपाली समुदायमा प्रेरणा, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले नेपाली चलचित्र जगतका महानायक राजेश हमालको प्रमुख उपस्थितिमा विशेष प्रेरणादायी कार्यक्रम आयोजना हुने भएको छ। “सपना, साधना र सफलता युगदेखि युगसम्म” शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ ९एनआरएनए एनसिसी–जापान० को आयोजनामा तथा क्षेत्रीय समितिहरुको सह–आयोजनामा जापानका प्रमुख पाँच सहरमा क्रमशः सम्पन्न गरिनेछ।
आयोजकका अनुसार कार्यक्रमहरू पूर्ण रूपमा निःशुल्क रहनेछन्। कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीलाई जीवनमा सकारात्मक सोच, लक्ष्यप्रति प्रतिबद्धता र निरन्तर साधनाको महत्वबारे प्रेरणा प्रदान गरिने अपेक्षा गरिएको छ। कार्यक्रमको सुरुवात फेब्रुअरी ११ (बुधबार) टोकियोस्थित नाकानो जिरो हल, नाकानो सिटी टोकियोमा साँझ ६:३० बजेदेखि हुनेछ। त्यसैगरी, फेब्रुअरी १४ (शनिबार) शिजुओकाको मिराइए सामुदायिक हल मा साँझ ६:०० देखि ९:०० बजेसम्म कार्यक्रम तय गरिएको छ। फेब्रुअरी १५, २०२६ मा नागोयास्थित नागोया अन्तर्राष्ट्रिय केन्द्रमा साँझ ५:०० बजेदेखि कार्यक्रम आयोजना हुनेछ। कान्साइ क्षेत्रअन्तर्गत ओसाकामा फेब्रुअरी १७ (मंगलबार) ओसाका आबेनो सिभिक सेन्टरमा अपराह्न ४:३० देखि राति ९:१५ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रमको अन्तिम चरण फेब्रुअरी १९ (बिहीबार) फुकुओकास्थित हाकाता सिभिक सेन्टर मा साँझ ६:०० बजेदेखि आयोजना गरिनेछ। आयोजकले सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ।
प्रतिक्रिया