काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२्८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ ।मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो ।सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्ण रुपमा खर्च गर्न नसकिने भन्दै खर्चको लक्ष्य घटाएको छ ।अर्थमन्त्री रामेश्वर खनालले चालु आवमा १५ खर्ब १५ अर्ब ३७ करोड रुपैयाँ हाराहारी मात्र बजेट खर्च हुने अनुमान रहेको जानकारी दिए ।चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको अनुमानि बजेट ल्याएको थियो ।उनले भने,‘ बजेट कार्यान्वयनको सन्दर्भमा विनियोजित १९ खर्ब ६४ अर्ब रुपैयाँ नै खर्चको लक्ष्य भए पनि निर्वाचन खर्च जुटाउनुपर्ने र अरु प्राविधिककारणले खर्चको स्रोत अपुग हुने भएकाले खर्च कम गर्न खोजिएको हो । अहिले नेपाल सरकारको सञ्चित कोषमा हाल कोषमा १ खर्ब ३० अर्ब मात्र नगद सञ्चित छ । यसले गर्दा पनि बजेटमा केही नियन्त्रण गर्नुपर्ने छ ।’त्यस्तै उनले चालु वर्षको लागि अनुमानगरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्युन हुुने अनुमान रहेको पनि जानकारी दिए ।त्यस्तै उच्च दरले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।हाल मुलुकसँग २२ अर्ब ४७ करोड अमेरिकी डलर बराबरको विदेशी वि
प्रतिक्रिया