images

सुनको मूल्य ९०० रुपैयाँले वृद्धि

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन आज ९मंगलबार० सुनको मूल्य ९ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ ।आइतबार ९ हजार ५०० रुपैयाँले बढेको सुन सोमबार ४ हजार १०० रुपैयाँले बढेको थियो ।सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।सोमबार चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी १० रुपैयाँले घटेको हो ।

मङ्गलबार २७ माघ २०८२ ०२:४७ PM मा प्रकाशित

प्रतिक्रिया