images

आज देशभरको मौसम सफा रहने, एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  छ । जसका कारण देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  रहेको  छ  । आइतबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी  प्रदेश सहित  देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ । आज गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू–भागका  एक–दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ । 
 

आइतबार​ २७ फागुन २०८० ०९:४३ AM मा प्रकाशित

प्रतिक्रिया