images

पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानिय आक्रोशित

हेटौडा । सुरक्षाको नारा लगाउँदै स्थापन गरिएको पुष्पाञ्जली आमा समूहले आफैंले अवैध धन्दा सञ्चालन गरिरहेको खुलासा भएपछि स्थानियहरु आक्रोशित बनेका छन् । स्थानीय स्रोतका अनुसार समूहका केही सदस्यले समूहकै आडमा मदिरा बिक्रीदेखि जुवा तास लगायतका गतिविधि संचालन गरिरहेका छन् । ‘समाजमा अनुशासन र सुरक्षा कायम गर्छौ भनेर थालेको समूहले अहिले आफैं समाज बिगार्ने काम गरिरहेको छ ।’  एक स्थानीय बासिन्दाले नाम नबताउने शर्तमा बताए । पुष्पाञ्जली आमा समूहले सुरक्षाको लागि रातको गस्ती गर्ने, विद्यालय वरपर निगरानी गर्ने जस्ता कार्यको प्रचार गरे पनि पछिल्लो समयमा भने त्यो कामभन्दा विपरीत क्रियाकलापमा संलग्न भएको जनगुनासो छ । स्थानीय प्रशासनले भने यसबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । वडाध्यक्ष सुकराम केसीले भने, ‘हामीले केही उजुरीहरू प्राप्त गरेका छौं, यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइनेछ ।’ 
समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरुले यस्ता समूहहरूलाई नियमित अनुगमन र पारदर्शिता कायम गर्ने नीति ल्याउन आग्रह गरेका छन् । 
 

मङ्गलबार २८ जेठ २०८२ ११:०१ AM मा प्रकाशित

प्रतिक्रिया