images

सुर्खेत समाज जापान कान्साईको प्रथम अधिवेशन सम्पन्न, गणेश बिसीको अध्यक्षतामा नयाँ कार्य समिति गठन 

ओसाका, जापान । सुर्खेत समाज जापान कान्साईको प्रथम ऐतिहासिक अधिवेशन ओसाकामा सम्पन्न भएको छ । जापानमा विभिन्न शिलसिलामा बसोबास गर्ने सुर्खेतबासीहरुलाई एकताबद्ध गराउने उद्देश्यले गठन भएको सुर्खेत समाज जापान कान्साईको प्रथम अधिवेशनबाट गणेश बिसीको अध्यक्षतामा नयाँ कार्यसमति समेत गठन भएको छ । कार्यसमितिको उपाध्यक्षमा प्रशान्त कुमार बुढा र अजय सिंह ठाकुरी, सचिवमा अञ्जु बुढा, सहसचिवमा सुमन सापकोटा, कोषाध्यक्षमा लक्ष्मी हमाल, सहकोषाध्यक्षमा नुरबाज खान र सदस्यहरूमा उर्मिला पाण्डे, पंकज कठायत, बिमला बडुवाल, भूपाल भण्डारी, कल्पना कुमारी शाही, टेकराज भण्डारी, तथा  सल्लाहकारहरू निशान चन्द र उज्ज्वल थापा रहनु भएको छ । 

पत्रकार रामचन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा विशिष्ट अतिथिका रूपमा गल्कोट समाज कान्साईका अध्यक्ष नरबहादुर थापा, धादिङ समाज कान्साईका अध्यक्ष विकास अधिकारी, अतिथीहरु कर्णाली समाज कान्साईका झरेन्द्र कुमार कुंवर, कुमामोतो नेपाली समाजका संस्थापक अध्यक्ष लाक्पा दोङ, समाजसेवी रामकुमार सुवेदी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने समाजका संयोजक निशान्त चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । 
यो अधिवेशनले नेपाली समुदाय भित्रको विश्वास, नेतृत्व र एकताको भावना झल्काउँदै कार्यसमिति निर्माण गरेको छ र नब गठित कार्यसमिति सामाजिक भावले कार्य गर्दै अघि बढ्न पनि प्रेरण दिने विश्वास लिएको नवनिवार्चित अध्यक्ष गणेश विसीले बताउनु भयो । 

सोमबार २७ जेठ २०८२ ०८:०१ AM मा प्रकाशित

प्रतिक्रिया