images

डलर र युरोको मूल्य घट्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंककाअनुसार आजअमेरिकी डलर र युरोको विदेशीविनिमय दर घटेको छ भने बेलायती पाउण्डको विनिमय दर बढेको छ । यसदिनअमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६१ पैसा पुगेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

शनिबार २६ साउन २०८१ १०:१५ AM मा प्रकाशित

प्रतिक्रिया