ललिता निवास प्रकरण : १७ जनालाई छाड्न आदेश, कसलाई कति धरौटी ? हेर्नुहोस सूचि सहित

ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

अभियुक्त केशव दुलाललाई भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ । अभियुक्तमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

कसलाई कति धरौटी?

  • मीनबहादुर गुरुङ– २ करोड ४६ लाख
  • विनोद पौडेल– १५ लाख
  • कलाधर देउजा –१५ लाख
  • रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
  • घमन कुमार कार्की– ७ लाख ५० हजार
  • बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
  • शिवजी भट्ट–३ लाख ३० हजार
  • लोकहरि घिमिरे –७ लाख ५० हजार
  • गोपाल कार्की –७ लाख ५० हजार
  • योगराज पौडेल– ७ लाख ५० हजार
  • नारायणराज मिश्र –७ लाख ५० हजार
  • अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार
  • ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
  • बाबुराजा महर्जन– १ लख १० हजार
  • देवनारायण महर्जन – १ लाख १०
  • सकलानन्द महर्जन– १ लाख १० हजार