images

साताको अन्तिम कारोबार दिन २९ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्सेले २२ सय विन्दु पार गरेको छ । नेप्से सूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा पुगेको हो । 
सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ७ अर्ब माथि पुगेको छ । बिहीबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 
बिहीबार कारोबार हुने सेयर कित्ता नै दुई करोड नाघेको छ । योसँगै बजारमा १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ । 
विहीबार बलेफी हाइड्रोपावर (९.९९ प्रतिशत), सिटिजन्स सुपर ३० म्युचुअल फन्ड (९.९७ प्रतिशत), एनआईबीएल स्टेबल फन्ड (९.८३ प्रतिशत), जानकी फाइनान्स (८.७६ प्रतिशत)को सेयर सर्वाधिक दरले बढेको छ । 
यता समाज लघुवित्त, साधना लघुवित्त, एनएमबी ५०, सेन्चुरी डिबेन्चर २०८८लगायतको अधिकतम ४.५९ प्रतिशतसम्मले सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
सर्वाधिक कारोबारमा आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट अगाडि छ । कम्पनीको १५ करोडको कारोबार भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयर १४ करोड ८८ लाख, हिमालयन रि १२ करोड ७९ लाख, सानिमा जीआईसी इन्स्योरेन्स १२ करोड ६८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ७९ लाखको सेयर कारोबार भएको छ ।
 

बिहीबार २७ असार २०८१ ०६:०५ PM मा प्रकाशित

प्रतिक्रिया