images

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो ।  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  
 

सोमबार २६ साउन २०८२ ०२:०५ PM मा प्रकाशित

प्रतिक्रिया