काठमाडौँ - प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
बैठक सुरू हुने बित्तिकै सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले उठेर विरोध गरेपछि बैठक स्थगित नै गर्नुपरेको हो ।
बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए । साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू उभिएका थिए ।
सत्तारुढ दलका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने भन्दै विरोध गरेपछि सभामुख घिमिरेले बैठक साउन २९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।