images

माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ ९प्रारम्भिक सार्वजनिक निष्कासन० खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८।९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा ९संखुवासभा जिल्लाका केही वडा० र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ ।प्रति कित्ता १०० रुपैयाँ अंकित आईपीओको लाागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
यो आईपीओ छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ भने यसको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  
 

सोमबार २६ साउन २०८२ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया