images

रचना, शान्तिश्री, करिष्मा र ज्योतिको धुनमानाच्यो बोस्टन

काठमाडौं । गायिक रचना रिमाल र शान्तिश्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमानचाएका छन् । ‘अब नाच्छ अमेरिका’शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनिदर्शकलाई धित मर्नेगरी नचाएको आयोजकले जनाएको छ । ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाल अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’कार्यक्रमको आयोजना गरेको हो । तीजलक्षितकार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो । यसपछि मञ्चमा देखा परेका करिष्मा, रचना, शािन्तश्री र ज्योति मगरले बोस्टनका पाँचसय बढी दर्शकलाई तीन घन्टा भरपुर मनोरञ्जन दिएकाथिए । प्रस्तुतिको सुरुवातकरिष्माले ‘हिजो राति सपनीमा’बोलको नृत्यबाट गरेकीथिइन् । करिष्माले तताएको माहोललाई थप जोशिलो बनाउँदै गायिका रचना रिमालले आफ्ना हिट नम्बरहरु प्रस्तुत गरेकीथिइन् । उनले परदेशीलाई भावुकबनाउने ‘नमुछे आमादहीमा टीका’बाट गाउन सुरु गरे पनि प्रस्तुतिको अन्त्यतिर ‘सम्झिने पानी छम्किने’ ‘मिनरल वाटर’ आदिगाएर दर्शक नचाएकीथिइन् । रचना रिमालपछि शान्तिश्री परियारले ‘गलबन्दीच्यातियो’‘अरेली काँडैले’ ‘लाहुर जाने रेलैमा’लगायतकादर्जन हाराहारी चर्चित गीत प्रस्तुत गरेकीथिइन् । तर ‘बोलमाया’ ‘लौन दाजै’ गीतबाट आफ्नो गायकी सुरु गरेकीउनले हलमाउपस्थितदर्शकलाई सुरुमै भावुकबनाएकीथिइन् । कार्यक्रमको बिट मार्ने गरी मञ्चमाआएकी ज्योति मगरले पनिआफ्नो पहिचानअनुरुपदर्शकलाई गीत र नृत्यको धुनमा डुबाएकी थिइन् । उनले पनिआफ्नाचर्चित गीत ‘ढाडे बिरालो’ ‘उहीमुलाको सिन्की’पस्किएकीथिइन् । आयोजकविनोद अधिकारीले परदेशमा घरदेश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताउँदै पहिलो कार्यक्रमअन्त्यन्त सफल रहेको प्रतिक्रियादिए । देशकाचर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा ‘अब नाच्छ अमेरिका’ सफलतापछि हामीले ‘अब नाच्छ अमेरिका’ को तयारी गरेका थियौँ । जसको सुरुवातबोस्टनबाट भव्यताका साथ सुरु भएको छ,’आयोजकविनोदले भने, ‘यो चाडबाडको समयमादर्शकको तीन घन्टाको अमूल्य समय सार्थक पारौँ भन्ने हाम्रो प्रयास हो जुनपहिलो कार्यक्रमले नै पूरा गरेको छ ।’ आयोजककाविनोदकाअनुसार गायिकातथा मोडलको टोलीले न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया आदि ठाउँमा कार्यक्रम गर्नेछ । अमेरिकाकाकुल २१ सहरमा कार्यक्रमको टुंगो लागिसकेको उनले जानकारी दिएका छन् । करिब दुई महिनाचल्ने कार्यक्रम सकेर टोली सेप्टेम्बर ३० मा नेपाल फर्कनेछ ।  
 

आइतबार​ २७ साउन २०८१ ०४:२० PM मा प्रकाशित

प्रतिक्रिया