images

‘नरसिंहाः अवतार’मा नीति शाहको पहिलो लुक्स सार्वजनिक

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल आठ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ । यही फिल्ममा नायिका नीति शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नीतिको एउटा लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा नीतिलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ । नरसिंहाको अर्थ– भगवान विष्णुको उग्र अवतार हो । निर्माणपक्षले बिहीबार फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको संकेत गरेको छ । सार्वजनिक पोस्टरमा प्रयोग गरेको दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । 
शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि फिल्म द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लडाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।
 

आइतबार​ २७ साउन २०८१ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया