images

हिमाल भएर नै प्राकृतिक हिसावले हाम्रो भूमि बाच्न योग्य छ स् ओली

काठमाडौं । ‘नेपालमा पर्यटन स् अवस्था, चुनौती र सम्भावना’ शीर्षकको कृति बिहीबार एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ ।कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृतिसम्बन्धी धारणा राख्दै वातावरण संरक्षण, हिमालयको महत्व र नेपालको प्राकृतिक विशेषतामाथि प्रकाश पारे ।समारोहमा बोल्दै ओलीले सगरमाथा संवादमार्फत नेपालले विश्वको ध्यान वातावरण संरक्षणतर्फ आकर्षित गर्न सफल भएको उल्लेख गरे ।
उनले भने, ‘वातावरणको संरक्षणका लागि नै हामीले सगरमाथा संवाद गर्यौं । हामीसँग हिमाल छ, र यसको महत्व बुझ्नुपर्छ । वातावरणका लागि हिमालको संरक्षण असाधारण महत्वको छ ।’ओलीले हिमाल, नदी, ताल–तलैया, वनजंगलजस्ता प्राकृतिक सम्पदाले नै नेपालको भू–भागलाई जीवनयोग्य बनाएको बताए । उनले भने, ‘हिमाल नभएको भए नेपाल पनि मरुभूमी हुनसक्थ्यो । वातावरण कुनै एक ठाउँमा मात्र सुरक्षित भएर अर्थपूर्ण हुँदैन । हिमाल छ र नदीहरु छन्, हिमाल छ र तालतलैया छ, हिमाल छ र वनजंगल छ, हिमाल भएर नै प्राकृतिक हिसावले हाम्रो भूमि बाच्न योग्य छ । नत्र भने नेपाल पनि एउटा मरुभूमि देश हो । वातावरण एक ठाउँमा लागि मात्रै अर्थपूर्ण हुँदैन ।’

बिहीबार २५ मंसिर २०८२ ०७:४० PM मा प्रकाशित

प्रतिक्रिया