images

‘वसन्त’को पहिलो गीत ‘साँझपर्यो झमक्क’ सार्वजनिक

काठमाडौं । गायकप्रकास सपुतको डेव्यु निर्देशकियसिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझपर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामीचैत्र २२ गते देखि प्रदर्शनमाआउनलागेको सिनेमाको गीतशनिबार राजधानीमाआयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । निर्देशकप्रकाश सपुतको शब्दतथा संगीत रहेको गीतमा स्वर शान्तिश्री परियार र गायकतथा संगीतकार सपुतको सुन्न सकिन्छ । मौसमहिमालीको कोरियोग्राफीतथाप्रविनभट्टको सम्पादन रहेको गीतमागायकतथानिर्देशकप्रकास सपुतले बागलुङ जिल्लाआसपासमा परिचितयानिमाया, सालैजो र घाँसदाउरा अनि मेलापातमाप्रयोग हने टिपिकलग्रामिण परिवेश देखाएकाछन् । जसले दर्शकको मन जित्ने देखिन्छ । गीतको भिडियोमा प्रकाश सपुत, स्वस्तिमाखड्का, प्रभातपाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । ‘वसन्त’निर्माणमाआफु र आफ्नो टिमले निकै मेहनत गरेकाले आफुले सोचेको र खोजेकै जस्तो रिजल्टनिस्कनेमा गायक, अभिनेतातथानिर्देशक सपुतको विश्वास छ । गायकतथानिर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्नठाउँमासिनेमाको छायांकन गरिएको हो । सिनेमामाअनुप बराल, कमलमणी नेपाल, प्रकाशघिमिरे लगायतकाकलाकारको पनिअभिनय रहेको छ । गलबन्दीप्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामासिनेमामाकथा, पटकथा र संगीतपनि सपुतले नै तयार पारेका हुन् । विपन्नविश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्यहासिल गर्न उसले गर्ने संघर्षको कथासिनेमाले भन्ने छ । सिनेमा निर्मातामा मोहनविश्वकर्मा र बिन्दु बोहोरा तथाकार्यकारी निर्मातामा अनुरोध भट्टराई, नानाथकाली र विरेन्द्र नारायणश्रेष्ठछन् । सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौंउपत्यकामाडिसिएन र मोफसलमाएफडीकम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।
 

आइतबार​ २८ पुस २०८१ ०८:५२ AM मा प्रकाशित

प्रतिक्रिया