काठमाडौं । गत माघ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३।२५ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४।१६ प्रतिशत रहेको थियो ।प्रतिवेदनअनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २।५० प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३।६६ प्रतिशत रहेको छ । चालू आर्थिक वर्ष २०८२÷८३ को सात महीनाको औसत मुद्रास्फीति १।९२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४।८६ प्रतिशतभन्दा निकै कम हो ।खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११।६३ प्रतिशत, घ्यू तथा तेल ७।६१ प्रतिशत र फलफूल ७।४१ प्रतिशतले बढेको छ । यद्यपि दाल तथा गेडागुडी ५।१९ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थ २।९७ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ५।१४ प्रतिशत मुद्रास्फीति देखिएको छ भने कर्णाली ९१।६२ प्रतिशत० र सुदूरपश्चिम ९१।६४ प्रतिशत० मा सबैभन्दा कम रहेको छ। काठमाडौं उपत्यकामा मुद्रास्फीति ३।४८ प्रतिशत रहेको छ । यस्तै, गत माघमा थोक मुद्रास्फीति ६।२१ प्रतिशत पुगेको छ। तुलना गर्दा सन् २०२६ जनवरीमा भारतको उपभोक्ता मुद्रास्फीति २।७५ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया