लक्ष्मण वियोगीको "खुर्पेटोमा थियो माया" सार्वजनिक (भिडियोसहित)

लक्ष्मण वियोगीको शब्द रहेको ”खुर्पेटोमा थियो माया” बोलको गीत सार्वजनिक भएको छ। 

चर्चित गायिका रचना रिमालको स्वरमा सजिएको ”खुर्पेटोमा थियो माया” सार्वजनिक भएको हो। उक्त गीतमा मनोहर सुनामको संगीत रहेको छ।

खुर्पेटोमा थियो माया हँसियामा थियो
खुर्पे जून सरी आज पुरानो पो भयो

पिरतीको भाका थियो छाँगा छहरामा
मनको कथा लुकेको थ्यो वनको लहरामा
गुराँसमा थियो माया सुनगाभामा थियो
खुर्पे जून सरी आज पुरानो पो भयो

भुल्यौ बाटो ती वनपाखा बिराना झैँ भए
मालचरीका हूल पनि बसाइँ सर्दै गए
सुसेलीमा थियो माया मुरलीमा थियो
खुर्पे जून सरी आज पुरानो पो भयो