images

नेपालको लागी किर्गिज गणतन्त्रको अवैतनिक महावाणिज्यदूतमा रमेश शर्मा नियुक्त

चैत्र ३०, काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मा नेपालको लागी किर्गिज गणतन्त्रको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । व्यवसायी शर्मालाई बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिप कुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय निर्माण कार्यका लागि देश विदेशमा ख्याति कमाएको ‘शर्मा एण्ड कम्पनी’का प्रबन्ध निर्देशक हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुन ।

नेपाल र किर्गिजस्तान बीचको सम्बन्धलाई अझ प्रगाढ बनाई नेपालमा किर्गिजस्तानको लगानी भित्राउन आफूले विशेष पहल गर्ने शर्माले बताए । निर्माण व्यवसाय, केवलकार लगायत अन्य विविध क्षेत्रमा समेत ठुलो लगानी गरेका व्यवसायी शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशिल छन ।
उनले आगामी दिनमा आफुले यो जिम्मेवारीमा बसेर मुलुकको कुटनीतिक सम्बन्ध विस्तार र विदेशी लगानी नेपाल भित्राउने काममा सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

शुक्रबार​ ३० चैत २०८० ०८:०७ PM मा प्रकाशित

प्रतिक्रिया