टोकियो, जापान — नेपाल मगर संघ जापान केन्द्रीय समितिको २२औं महाधिवेशन अक्टोबर ११ तारिखका दिन टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट भिक्टर ठाडा मगर संघको अध्यक्ष निर्वाचित भएका छन्। महासचिवमा सागर थापा मगर निर्वाचित भएका छन् भने संघको नयाँ कार्यसमितिमा विभिन्न पदका प्रतिनिधिहरू चयन भएका छन्।
संघको नव–निर्वाचित कार्यसमिति वरिष्ठ उपाध्यक्ष रित राना मगर, उपाध्यक्षहरू लोकबहादुर रोका मगर, भिम श्रीस मगर, रमेश राना मगर, माया थापा मगर, दिल पुर्जा मगर, हेम सुर्यवंशी मगर, नरेन्द्र थापा मगर रहेका छन । त्यसैगरी महासचिव सागर थापा मगर, सचिवहरू कमल पुन मगर, दिपेन्द्र बलाल मगर कोषाध्यक्ष ढक प्रसाद जुग्जाली मगर, सह–कोषाध्यक्ष रमा राना मगर, सदस्यहरू सगुन सुर्यवंशी मगर, विकास फगामी मगर, श्रीस बुढाथोकी कान्ता मगर, मिना पुन मगर ९माया०, सेवक सारु मगर, मनिता राना मगर, ज्ञानसिंह काउचा मगर, अन्जन थापा मगर, र लक्ष्मी अर्गेजा चयन भएको बताइएको छ ।
महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, विगत दुई वर्षको कार्यकालमा संघलाई सक्रिय र सबल रूपमा सञ्चालन गरी अधिवेशन सफलतापूर्वक सम्पन्न गराउने तत्कालीन अध्यक्ष रामहरी खपांगी मगर तथा उनको कार्यसमितिलाई विशेष आभार पनि प्रकट गरिएको छ।
नेपाल मगर संघ जापानले आगामी दिनमा मगर समुदायको हक–अधिकार, भाषा, संस्कृति र पहिचानको प्रवर्द्धनका लागि अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया