काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो ।सोमबार छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । सोमबार एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ कायम थियो ।
प्रतिक्रिया