images

सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा 

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलार्मा क हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । 
अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो ।  त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।
 

आइतबार​ ३० चैत २०८१ १२:१२ PM मा प्रकाशित

प्रतिक्रिया